पोखरा महोत्सवमा बिहिवार बद्री पंगेनी र सविन राई आउने

पाेखरा | माघ ३, २०८०

पोखरा महोत्सवमा बिहिवार बद्री पंगेनी र सविन राई आउने

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईले प्रस्तुती दिने भएका छन् ।  महोत्सवको आठौँ दिन बिहीबार  चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ ।


महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । शान्तिले बोल माया, गलबन्दी, चौका दाउ, अरेली काँडैले लगायतको गितहरु मार्फत दर्शकलाई नचाउद सफल रहिन । महोत्सवमा शान्ति संगै जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डमा मेलिना राइको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।


महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ भने महोत्सवमा कारोबार समेत वढिरहेको आयोजकले जनाएको छ । महोत्सवमा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि कलाकार प्राज्ञ नगेन सिंहको कलाकृतिहरु  “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“ समेत भएरहेको छ । त्यसैगरी महोत्सवमा याकको अवलोकन, भेषभूषामा फोटो खिचाउने संगै नेपाल टेलिकमको निशुल्क सिमकार्ड लिनेको भीड रहेको छ ।


महोत्सवमा जारी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता अन्तर्गत बुधबार सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधवार विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा मेट्रोपोलिटन, सेन्ट मेरिज, सरस्वती आवासिय मावि र बालकल्याण बिचको प्रतिस्पर्धामा सरस्वती आवासिय मावि अघिल्लो चरणमा प्रवेश गरेको हो ।


महोत्सव अवधिभर रेभल एप मार्फट टिकट काट्नेहरु मध्ये गोलाप्रथाद्धारा एकजनालाई वल्र्डलिंकको इन्टरनेट एक महिना निशुल्क, होटल स्नो पिकमा एक जोडीलाई डिनर सहित बास बस्ने ब्यवस्था र लेकसाइडमा रहेको प्याराडिसो बार एण्ड ग्रीलमा एक जनालाई एक हजारको कुपनको ब्यवस्था गरिएको  र प्रत्येक दिन तीन जनालाई निशुल्क टिकटको ब्यवस्था गरिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्